उपल्लो डोल्पामा दुई जना बिरामी तीन दिनदेखि हेलिकप्टरको पर्खाइमा

श्रावण ६, २०८२

रामचन्द्र न्यौपाने

Two patients in Upper Dolpa have been waiting for a helicopter for three days

डोल्पा — डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाबाट दुई जना बिरामीको उद्धार हुन सकेको छैन ।

आफैंले चलाएको मोटरसाइकलले खुट्टा किचेर घाइते भएका वडा नं. १ निजाल गाउँका ३७ वर्षीय छोल्डिङ ग्याल्छेन लामा र घरको छतबाट लडेर घाइते भएका रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थायी घर भएका ३० वर्षीय इन्द्रबहादुर धौलाकोटीको उद्धार हुन नसकेको हो ।

प्रहरीका अनुसार लामाको बायाँ खुट्टा 'फ्याक्चर' भएको छ भने धौलाकोटीको टाउको लगायत अंगमा गहिरो चोट लागेको छ ।

घाइते दुवै जनाको उद्धारका लागि तीन दिनदेखि प्रयास भइरहे पनि मौसममा सुधार नआएकाले हेलिकप्टर आउन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी टोपेन्द्र बुढाले जानकारी दिए । सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा रहेको पनि उनले बताए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully