उपल्लो डाेल्पास्थित चिनियाँ नाकामा पहिलोपटक पुग्याे सीडीओसहितकाे सुरक्षा टाेली

भ्रमण टाेलीसँग उपल्लो डाेल्पावासीले राखे पाँचबुँदे माग

श्रावण ६, २०८२

रामचन्द्र न्यौपाने

Security with the CDO who reached the Chinese checkpoint in Upper Delpa for the first time

What you should know

काठमाडौँ — उपल्लाे डाेल्पास्थित चिनियाँ नाकामा पहिलोपटक प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगेकाे छ ।नाकाकाे स्थलगत अवलोकन गर्ने उद्देश्यका साथ सुरक्षा-प्रशासनको पहिलोपटक पुगेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत, प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्का लगायतकाे सुरक्षा टाेली पहिलोपटक पुगेकाे डाेल्पाेबुद्व गाउँपालिकाले जनाएको छ । टाेलीमा गाउँपालिकाका अध्यक्ष कार्मा छाेइबेल गुरुङ, उपाध्यक्ष पेम्बा धाेर्चे गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा, शिक्षा शाखा प्रमुख निर्माेद केसी पनि सहभागी थिए ।

नेपाल-चीन सीमावर्ती माेरिम्ला नाका पुगेर टाेलीले आफ्नाे देशकाे साँध सिमानाकाे स्थलगत अवलोकन गर्नुका साथै १५ नम्बर पिल्लरकाे अवस्था समेत बुझेकाे थियाे । नाकाकाे भ्रमणसँगै उपल्लो डाेल्पाका तीनवटा पालिकामा राष्ट्रिय परिचयपत्र वितरणकाे अवस्था बुझेकाे प्रजिअ महतले बताए । 'एक साताकाे भ्रमणमा निस्केका थियौं । उपल्लो डाेल्पामा राज्यको उपस्थिति, जनताका गुनासा, सेवाप्रवाह, विकास निर्माणकाे अवस्था समेत प्रत्यक्ष रुपमा जान्ने अवसर मिल्यो,' उनले भने ।

Security with the CDO who reached the Chinese checkpoint in Upper Delpa for the first time

भ्रमण टाेलीले १ सय ५४ वटा सीमापास समेत जारी गरेको छ । प्रत्येक वर्ष १५ देखि ३० दिनसम्मका लागि माेरिम्ला नाका खुल्ने गर्छ । यस अवधिमा यार्चा व्यापार, दैनिक उपभाेग्य वस्तु तथा लत्ताकपडाकाे खरिदबिक्री हुन्छ ।

भ्रमण टाेलीसँग उपल्लो डाेल्पावासीले पाँचबुँदे मागसमेत राखेका थिए । जतिसक्दो चाँडाे सीमा सुरक्षा बल राख्नुपर्ने, भेरी करिडोरकाे ल्यासिक्याप-सिसाैल सडक छिटो निर्माण सुरु गर्नुपर्ने, इलाका प्रशासन कार्यालय स्थापना, माेरिम्ला नाका नियमित र कानुनी रुपमा सञ्चालन र नेपाल टेलिकमकाे फाेरजी इन्टरनेट सेवा विस्तारको पहल गर्नुपर्ने उनीहरुको माग छ ।

यस अवधिमा सीमावर्ती प्रहरी चाैकीकाे स्थलगत अवलोकन गर्नुका साथै उनीहरुका समस्या तथा गुनासा पनि सुनिएको डीएसपी खड्काले बताए । 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully