रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–१ मा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । गाउँकै मुरापाखा डाडाँबाट लडेर ३० वर्षीय अजय मल्लको ज्यान गएको प्रहरीले बताएको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका तर्फबाट फर्किने क्रममा भिरबाट लडेर मल्ल झन्डै एक सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले बताए ।
गएराति करिब ८ बजेतिर उनी लडेको भन्ने खबर आएपछि तत्काल उनलाई उद्धार गरी जिल्ला अस्पताल ल्याइएको थियो । त्यसपछि अस्पतालले मृत घोषणा गरेको पाठकको भनाइ छ ।
