कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

असार ३२, २०८२

तृप्ति शाही

Public holiday on July 1 in Karnali

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए।

प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिइएको छ। २०८१ को चैत १७ गतेको कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully