कालीकोट — गोठालो जाँदा बेपत्ता भएका खाँडाचक्र-६ का एक पुरुषको शव बिहीबार दिउँसो भेटिएको छ । खाँडाचक्र नगरपालिकाको दाहा विरम्बाडाका ५६ वर्षीय नन्दबहादुर शाहीको बिहीबार दिउँसो शव भेटिएको हो ।
बुधबार बिहान बाख्रा लिएर सिम्लागाडतिर गएका शाहीलाई राति पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । सिम्लागाड पुल माथिको भीरबाट खसेर खोलामा शरीरका विभिन्न ठाउँमा चोट लागेको अवस्थामा शव भेटिएको आफन्त रक्षा शाहीले बताइन् ।
