डोल्पामा ट्रकको ट्यांकी वेल्डिङ गर्दा दुई जना जलेर घाइते

असार २३, २०८२

रामचन्द्र न्यौपाने

Two people were injured by burns while welding the tank of a truck in Dolpa

डोल्पा — डोल्पामा ट्रकको ट्यांकी वेल्डिङ गर्दा दुई जना जलेर घाइते भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारमा रहेको रुकुमेली अटो पार्टस्‌मा भे १ ख ३६७८ नम्बरको ट्रकको ट्यांकी वेल्डिङ गर्दा एक्कासि निस्केको आगोको लाप्कोमा परी दुई जना जलेर घाइते भएका हुन् ।

जलेर घाइते हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घर भइ डोल्पामा व्यवसाय गरेर बस्ने वर्ष २८ का बेगम शर्मा र त्रिपुरासुन्दरी नगरपालिका–२ रुम गाउँ बस्ने वर्ष २५ का विजय थापा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

प्रहरीका अनुसार घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको छ ।

घाइते शर्माको हात खुट्टा, छाती जलेको बताइएको छ भने थापाको केही भाग जलेको छ ।

जलनमा परेर घाइते दुवै जनाले उपचारको लागि काठमाडौं जाने बताएपछि रिफर गरिएको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखन्ड उपाध्यायले बताए ।

डाक्टर उपाध्यायको अनुसार घाइते शर्माको तीस प्रतिशत शरीर जलेको छ भने थापाको शरीरमा सामान्य जलन छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully