हुम्लाको बेलिब्रिज उद्घाटनका लागि सुर्खेत पुगे प्रधानमन्त्री, मौसममा खराबीका कारण ढिलाइ हुने

असार २२, २०८२

ज्योति कटुवाल

Prime Minister arrives in Surkhet to inaugurate Humla's Beilibridge, delayed due to bad weather

सुर्खेत — हुम्लाको चुवाखोलामा निर्माण भएको बेलिब्रिजको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् ।

भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीसहित प्रधानमन्त्री सुर्खेतमा पुगेका हुन् । 

अहिले प्रधानमन्त्रीसहितका मन्त्रीहरु नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरमा बसेका छन् । मौसममा खराबी आएका कारण हुम्ला जान सकेका छैनन् । 

सुर्खेतमा पानी परिरहेका कारण उडान हुन सकेको छैन । मौसम सफा भएपछि प्रधानमन्त्री हुम्ला जाने सेनाले जानकारी दिएको छ । कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । 

प्रधानमन्त्री र संघीय मन्त्रीसहित कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, प्रधानसेनापति अशोकराज सिक्देल, पूर्वाधार सचिव केशव कुमार शर्मासहित १८ जनाको टोली हुम्ला जान लागेको हो । उक्त पुल सेनाले ४ करवड लागतमा ३५ दिनमा निर्माण सम्पन्न गरेको हो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully