सुर्खेत — सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो करिब ३ बजे वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चट्याङले घाइते भएका शाहीको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाइतेहरु पर्वत विक, हुमबहादुर थापा, नविन विक र सुनिता गिरीको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ ।
