मुगुमा पहिरोले पुरिएर महिलाको मृत्यु

असार २०, २०८२

तृप्ति शाही

A woman died after being buried by a landslide in Mugu

वीरेन्द्रनगर — मुगुमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका–५ तारापानीमा सडकको नाला निर्माणमा संलग्न एक महिलाको पहिरोमा परी मृत्यु भएको हो।

सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी कोटीलाकी ३६ वर्षीया जुना बुढाको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

शुक्रबार बिहान १० बजेतिर घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोजकुमार कैलाले जानकारी दिएका छन्। इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको उनले जनाएका छन्।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully