पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली २२ गते हुम्ला जाँदै

असार १९, २०८२

ज्योति कटुवाल

Prime Minister Oli is going to Humla on the 22nd to inaugurate the bridge

सुर्खेत — प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न हुम्ला जाने भएका छन् । कर्णाली करिडोर अन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिकास्थित खार्पुको निर्माणाधीन बेलिब्रिज उद्घाटन गर्न २२ गते प्रधानमन्त्री ओली पुग्ने भएका हुन् ।

नेकपा एमाले कर्णाली प्रदेशका सचिव टेकराज पछाईले प्रधानमन्त्रीको टोली पुल उद्घाटन गर्न हुम्ला आउन लागेको बताए । उनका अनुसार यसअघि मौसम र प्रधामन्त्रीको समय अनुकुलता नमिलेकै कारण रोकिएको थियो । 

गाउँपालिका वडा ५ स्थित खार्पु हुँदै बग्ने चुवाखोलामा बेलिब्रिज निर्माण भएसँगै सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ । नेपाली सेनाले ३५ दिनभित्रमा बेलिब्रिज पुल निर्माण गरेको हो । 

पुल निर्माणपछि कर्णाली करिडोरले पूर्णता पाएको छ । खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिएको थियो । पुल निर्माण कार्यदलका प्रमुख मेजर रन्जित बुढाथोकीले तोकिएकै समयमा काम सम्पन गर्न सफल भएको बताए ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully