पहिरोले अवरुद्ध कर्णाली राजमार्ग ९ घण्टापछि एकतर्फी खुल्यो

असार १६, २०८२

तुलाराम पाण्डे

The Karnali highway, which was blocked by landslides, was opened one-way after 9 hours

कालिकोट — सोमबार बिहान ४ बजेदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक ९ घण्टापछि  एकतर्फी रुपमा खुलेको छ ।

कालिकोटको जिते, जिरो पोइन्ट, गगने खोला लगायतका ठाउँमा गएको पहिरो सडक डिभिजन कार्यालय जुम्लाको मेसिनले पन्छाएर सञ्चालन  गरेको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।

सबै ठाउँको पहिरो हटाएपछि बिहानदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully