रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–५ मा जिपले च्याप्दा एक बालकको मृत्यु भएको छ । सोमबार अपराह्न साढे ४ बजेतिर जिपले च्याप्दा सोही गाउँका ३ वर्षीय सिबाङ पुनको मृत्यु भएको हो ।
जिल्ला सदरमुकाम मुसिकोटबाट बाँफिकोट–५ बडगाँउमा यात्रु छोडेर फर्किन थालेको जिपले च्याप्दा सोही गाउँका शंकर पुनको छोरा सिबाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोकिराखेको रा १ ज ८१२ नम्बरको जिप पुनः चलाउने क्रममा बालक गाडी मुनि परेर च्यापिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक ऋषि पाठकले बताए ।
सवारी चालक रुकुम पश्चिम बाँफिकोट–४ का २२ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिएर यस विषयमा थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।
