कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

असार ११, २०८२

तृप्ति शाही

Public holiday on June 15 in Karnali state

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा असार १५ गत सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले जुल्लाबाहेक कर्णालीका ९ जिल्लामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले जानकारी दिए ।

Public holiday on June 15 in Karnali state

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully