ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

असार ११, २०८२

डीबी बुढा

One killed, one seriously injured in a tractor accident

जुम्ला — जुम्लाको तिला गाउँपालिका-५ स्थित चुलाकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार चुलाकोट गाउँका २३ वर्षीय लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको हो । घाइते चुलाकोटकै ३० वर्षीय कर्ण जैसी गम्भीर घाइते भएका हुन् । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । 

कुडारी बजार ढुंगा ल्याउनदेखि चुलाकोटतिर जाँदै गरेको भे १ त ६४७२ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो । ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully