दैलेख — दैलेखका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएका छन् । असार १० गतेसम्म सबै स्थानीयहरूले नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यहाँका ११ वटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
अधिकांश स्थानीय तहले पुरानै कार्यक्रमहरु दोहोर्याएको पाइएको छ । भूगोल र जनसंख्याको आदारमा ठूलो पालिका रहेको दुल्लु नगरपालिकाले १ अर्ब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँ बजेट ल्याउँदा गुराँस गाउँपालिकाले ७३ करोड ६१ लाख ४४ हजार ९ सय ५५ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
यस्तै सदरमुकाममा रहेको नारायण नगरपालिका ५६ करोड ४४ लाख ६९ हजार ४ सय बजेट ल्याएको छ भने ठाँटीकाँध गाउँपालिकाले ४१ करोड १५ लाख ३१ हजार ५९ रुपैयाँ बजेट ल्याएको छ । डुंगेश्वर गाउँपालिकाले ४१ करोड ८१ लाख ७२ हजार ९ सय ७३ रुपैयाँ, महाबु गाउँपालिकाले ४९ करोड ४० लाख ४२ हजार, भैरबी गाउँपालिकाले ४९ करोड ९९ लाख ९० हजार, नौमुले गाउँपालिकाले ५६ करोड ८ लाख ६७ हजार ४ सय ५५ रुपैयाँको बजेट पेश गरेको छ ।
यस्तै भगवती माई गाउँपालिकाले ५६ करोड ४५ लाख ५७ हजार २ सय २४, आठबिस नगरपालिकाको ५५ करोड ८८ लाख ६१ हजार ५ सय ८५ रुपैयाँ, चामुण्डा विन्द्रासैनी नगरपालिकाले ४८ करोड ४३ लाख ३ हजार ८८ रुयैयाँको बजेट ल्याएको छ ।
