कान्तिपुरकर्मी शाहीसहित १० जनालाई 'कर्णाली नारी सम्मान'

असार ७, २०८२

कान्तिपुर संवाददाता

Kantipur Karmi Shahi along with 10 people 'Karnali Nari Samman'

काठमाडौँ — कान्तिपुरकर्मी तृप्ति शाहीसहित १० जना 'कर्णाली नारी सम्मान-२०८२' बाट सम्मानित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका १० जना नारीहरुलाई सम्मान गरे ।

कर्णालीको सामाजिक, शैक्षिक, सांस्कृतिक, नेतृत्व वा अन्य महत्वपूर्ण क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । 

नारीप्रधान चलचित्र सतीदेवीको प्रदर्शनको अवसरमा कर्णाली प्रदेशको जलस्रोत तथा उर्जामन्त्री विजया बुढा, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, दैलेखको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना खड्का, अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंह, पाइलट सिर्जना रावत, खेलाडी सुनमाया बुढा, पत्रकार माया थापा, दिगो विकास एकता समूहकी अध्यक्ष सुनिता खड्का, यमुना सापकोटालाई सम्मान गरिएको हो । 

प्लेईङ फर चेन्जको आयोजनामा भएको कार्यक्रममा नारीप्रधान चलचित्र सतीदेवीको विशेष प्रर्दशनी गरिएको थियो । महिलाको संघर्ष, आत्मबल र परिवर्तनको आवाजलाई उजागर गरिएको चलचित्रको निर्देशक एवं निर्माता लक्ष्मण सुवेदी हुन् । यो चलचित्रमा महिलाले विभीन्न नाममा भोग्नुपरेका विभेदलाई देखाइएको छ । 

Kantipur Karmi Shahi along with 10 people 'Karnali Nari Samman'

चलचित्रको प्रदर्शनीसँगै कर्णालीका विभिन्न क्षेत्रबाट समाजलाई योगदान गरेका सम्मानित नारीहरुलाई सम्मान गरिएको प्लेईङ फर चेन्जका अध्यक्ष प्रकाश खड्काले बताए । प्लेईङ फर चेन्जका सल्लाहकार एवं युवा नेता भूपेन्द्रजंग शाहीले कर्णालीका महिला दिदीबहिनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । कर्णालीका नारीहरु पनि विभिन्न क्षेत्रको नेतृत्व गर्न सक्षम छन् । उनले भने,‘हामी पनि उहाँहरुको साथमै छौं भन्ने सन्देश हो । कर्णालीका सबै नारीहरु अब्बल भएको हामी देख्न चाहन्छौं । सुन्दर कर्णालीलाई समृद्ध कर्णाली बनाउने साझा संकल्पमा थप सिर्जनशील भएर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’

मुख्यमन्त्री कँडेलले सतीदेवी चलचित्रले सामाजिक, चेतनाममूलक र मार्मिक नेपालको त्यसमध्ये पनि कर्णालीको वस्तुस्थिति यथार्थ रुपमा चित्रण गरेको दृश्य भएको बताए । तर अहिले देशको मात्र नभएर कर्णालीको अवस्था धेरै परिवर्तन भएको उनको भनाइ थियो ।

यस्तै सम्मानले महिला अगुवा साथीहरुलाई थप जिम्मेवारी दिएको अनुभूति आफूले गरेको उनले बताए । सामूहिक प्रयासका साथ अघि बढ्ने हो भने सफलता चाँडै प्राप्त हुने भएकोले यो दिशामा अघि बढ्नका लागि उनले आग्रह गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully