We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Dudh Bahadur Nepalis of Jajarkot Barekot Rural Municipality-9 have reached Gutichour Patan of Jumla with 4 buffaloes. Every year he comes to Guthichaur Patan with a buffalo.
भैंसीको दानापानी राम्रो पाइने र पुर्खादेखि नै वर्षायाममा गुठीचौर पाटनमा चरनका लागि जाजरकोटका भैंसी ल्याउने चलन छ । घरदेखि झन्डै ९ दिन लगाएर भैंसी ल्याएको उनले बताए । ‘गुठीचौर हेर्नलाई मात्र सुन्दर छैन । चरिचरनका हिसाबले उत्तिकै भरिलो छ,’ उनले भने । यसरी ल्याइएका भैंसी भदौ अन्तिमतिर मात्र फर्काउने गरिएको छ । अहिले गुठीचौर छेउछाउमा अस्थायी भैंसीगोठ देख्न सकिन्छ ।
४८ वर्षकी पन्नमती बुढा ६ भैंसी ल्याएर गुठीचौर पाटनमा शनिबार मात्र आइपुगिन् । बीचबाटोमा भैंसी चराउँदै ल्याउनुपर्ने भएकाले एक साताभन्दा बढी नै समय लागेको उनले बताइन् । अबको झन्डै तीन महिना गुठीचौर पाटनमै बस्ने उनको तयारी छ । त्यही अनुसार सामलतुमल बोकेर ल्याएको उनको भनाइ छ । 'तीन महिनाका लागि पुग्ने खाना, तरकारी, पिठो, चामल बोकेर आएका छौं,' उनले थपिन्, ‘हिउँदमा यहाँका भेडा जाजरकोट लैजान्छन् । वर्षायाममा हामी भैंसी ल्याएर जुम्लाको पाटनमा आइपुग्छौं ।’ उनका अनुसार किसानहरुले गुठीचौरमा भैंसी मात्र ल्याउँदैनन् । किसानहरु बीचमा पशुपालन क्षेत्रको अनुभव पनि आदानप्रदान हुने गरेको छ । कतिपय जुम्लाका किसानले भैंसी किनेर राख्ने गरेका छन् ।
जाजरकोट र जुम्लाबीचमा पर्ने चाखुरे लेक पार गरेर भैंसीलाई पाटन ल्याउने गरिएको छ । जाजरकोटवासीले ६० भन्दा धेरै भैंसी गुठीचौर पुर्याइसकेका छन् । यो समयमा झन्डै ४ सयभन्दा बढी घरले भैंसी ल्याउने गरेका छन् । 'यो हाम्रो पुर्खादेखिको चलन हो । यसलाई हाम्रो पिँढीले अहिले सम्म बचाइराखेको छ,’ ६१ वर्षीय परिकेरे बुढाले भने, ‘भदौ महिनाको अन्तिमतिर जाजरकोट फर्काउने गर्छौं ।'
जाजरकोटका भैंसी गुठीचौर पुगेसँगै चहलपहल बढेको छ । गाइभैंसीको दूध, दही, खीर खान र पाटनमा रमाउन आन्तरिक तथा बाहृय पर्यटक आउजाउ गरिरहेका छन् । दैनिकजसो ५ सयभन्दा धेरै मानिस ओहोरदोहोर गरिरहेको गोठालाहरु बताउँछन् । शनिबार र शुक्रबार त यहाँ भिड नै लाग्ने गरेको छ । जुम्ला खलंगादेखि डोल्पाको से फोक्सुण्डो जाने पर्यटक गुठीचौर हुँदै जाने भएकाले रमाइलो हुने गोठाला सुनाउँछन् ।गुठिचौर पाटनमा पाल टाँगेर पर्यटकहरु बसिरहेका भेटिन्छन् भने छाप्रो बनाएर भैंसी गोठालाहरु । गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले यहाँको सुन्दर पाटनले धेरैलाई लोभ्याउने बताए ।गाउँपालिकाले प्रत्येक भैंसीको पाँच सय रुपैयाँ कर लिने गरेको छ ।
![Buffalo grazing from Jajarkot to Patan in Jumla [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/guthichaur-ma-bhaisai-4-1762025082531-1000x0.jpg&w=1001&h=0)
![Buffalo grazing from Jajarkot to Patan in Jumla [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/guthichaur-ma-bhaisai-6-1762025082557-1000x0.jpg&w=1001&h=0)
![Buffalo grazing from Jajarkot to Patan in Jumla [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/guthichaur-ma-bhaisai-5-1762025082543-1000x0.jpg&w=1001&h=0)
![Buffalo grazing from Jajarkot to Patan in Jumla [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/guthichaur-ma-bhaisai-3-1762025082519-1000x0.jpg&w=1001&h=0)
![Buffalo grazing from Jajarkot to Patan in Jumla [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/guthichaur-ma-bhaisai-2-1762025082507-1000x0.jpg&w=1001&h=0)