भीरबाट लडेर महिलाको मृत्यु

असार २, २०८२

तुलाराम पाण्डे

Woman dies after falling from Bhir

कालिकोट — कालिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घरबाट सदरमुकाम मान्म उपचारका लागि हिँडेकी खाँडाचक्र–४ की ३८ वर्षीया काली नेपाली हिरे चौरमाथिको इमिल्चि भीरबाट लडेर आइतबार बेलुकी घटनास्थलमै मृत्यु भएको आफन्त महिमा दमाई नेपालीले जानकारी दिए।

घरबाट आधा घण्टाको दूरीमा पर्ने भीरमा खुट्टा चिप्लिएर ५ सय मिटर तल थामकोट नजिकै अड्किएको उनको शव आइतबार बेलुकी प्रहरी सहित स्थानीयले निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। उनी लामो समयदेखि पेटसम्बन्धी बिरामी थिइन्। उनका पति गुईया दमाई हुड्के कलाकार हुन्।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully