सुर्खेतको भेरीमा दाङ जाँदै गरेको फोर्स गाडीलाई टिपरले ठक्कर दिँदा ९ जना घाइते

असार २, २०८२

तृप्ति शाही

9 people were injured when a tipper hit a force vehicle going to Dang at Bheri in Surkhet

वीरेन्द्रनगर — सुर्खेतको भेरी पुल नजिकै दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमबार बिहान सुर्खेतबाट दाङतर्फ जाँदै गरेको क.प्र.०२००१ ख.०४३८ नम्बरको फोर्स गाडीलाई र छिन्चुबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ क.००३७ नम्बरको टिप्परले ठक्कर दिएको हो ।

फोर्स गाडीमा चालकसहित ९ जना सवार थिए । ९ जना नै घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेको उपचारको लागि वीरेन्द्रनगर ल्याइएको ट्राफिक प्रहरी प्रमुख वकिल सुनारले जानकारी दिए । घाइतेहरूको प्रदेश अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको छ ।

टिप्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully