वीरेन्द्रनगर — सुर्खेत प्रहरीले २५ जनालाई पक्राउ गरेको छ । आइतबार वीरेन्द्रनगरस्थित ३ वटा होटलबाट १४ पुरूष र ११ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
हार्दिक, दंगाली र विकास होटलमा अशान्ति, अश्लीलता फैलाई सार्वजनिक हित र नैतिकता कसुर गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार होटल सञ्चालकसहित २५ जनालाई पक्राउ गरिएको हो ।
उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्वको कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
