शुभकालिका गाउँपालिका पूर्ण खोपयुक्त घाेषणा

जेष्ठ ३०, २०८२

तुलाराम पाण्डे

Shubhakalika rural municipality fully vaccinated advertisement

कालिकोट — शुभकालिका गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ। ‘श्राेतकाे उपयाेग स्वामित्व र सहभागिता पूर्ण खाेप पालिका हाम्रो प्रतिबद्वता' भन्ने मुल नाराका साथ गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा बिहीबार घाेषणा गरिएको हाे ।

गाउँपालिकाका ८ वटै वडामा सबै  बालबालिकालाई खोप लगाएपछि शुभकालिकालाई पूर्ण खोपयुक्त पालिका घाेषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले बताए।

पूर्णखोप सुनिश्चितताका लागि सबै वर्गलाई आवश्यक पर्ने सम्पूर्ण खोपहरू उपलब्ध गराई सुनिश्चितता गरिएपछि घोषणा गरिएको हाे । खोप सुनिश्चिततालाई दीर्घकालीन रूपमा गाउँपालिकाले निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

गाउँ पालिकाको केन्द्र सुकाटीयामा बिहीवार आयोजित  ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा’ मा बोल्दै स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले नागरिकलाई आवश्यक सबै खोपहरू उपलब्ध गराउन पालिका सफल भए पछि घोषणा गरिएको जानकारी दिए ।

सबै चरणहरूमा खोप छुटेका बालबालिकालाई २०८२ वैशाख ३१ गते खोप लगाइएको छ ।  उनले भने यहाँका ८ वटै वडाहरूलाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएपछि पालिका घाेषणा गरिएको हाे । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत विकले पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गर्ने वडाहरूलाई सम्मान पत्र दिइन्।

कार्यक्रममा बोल्दै गाउँपालिक उपाध्यक्ष शाहीले पालिका स्तरबाट नमुना सर्वेक्षण गरी छुटेका बालबालिकाहरूलाई खोप दिएर घोषणा गरिएको छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully