जुम्ला — कर्णाली राजमार्गअन्तर्गत नाग्मा–जुम्ला खण्डको राँकामा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक खुलेको छ । ठूला ढुंगा र माटो सहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फ सवारी साधन जाममा परेका थिए ।
सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार जनशक्ति र मेसिनरी खटाएर पहिरो सफा गरी सडक यातायातका लागि खुला गरिएको हो ।
वर्षायामका कारण सडकको अवस्था जटिल हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सडक डिभिजनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
