भीरबाट लडेर कालिकोटमा महिलाको मृत्यु

जेष्ठ २८, २०८२

तुलाराम पाण्डे

Woman dies in Kalikot after falling from Bhir

कालिकोट — भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । चौपायालाई घाँस काट्न गएकी खाँडाचक्र–२ की ४४ वर्षीया पाँचा खड्काको मंगलबार बेलुकी घटनास्थलमै मृत्यु भएको आफन्त गंगा खड्का बोगटीले जानकारी दिइन्  । 

उनी घर नजिकैको भीरमा घाँस काट्न गएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगाले भनिन् , 'फर्किने क्रममा घाँसको भारीसहित खसेर घटनास्थलमै मृत्यु भयो ।'

उनको शवको जिल्ला अस्पताल मान्ममा पोस्टमार्टम गरेर बुधबार दाहसंस्कारका लागि आफन्तलाई बुझाइएको अस्पतालले जनाएको छ ।

खड्काका पति र तीन छोराछोरी छन् । भीरबाट लडेको खबर आएपछि सशस्त्र प्रहरीसहित स्थानीयले भीरबाट निकाल्दा मृत्यु भइसकेको स्थानीय खगेन्द्र बरालले बताए ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully