पार्किङ गरेर राखेको सरकारी गाडीमा तोडफोड

जेष्ठ २८, २०८२

डीबी बुढा

Vandalism of a parked government vehicle

जुम्ला — जुम्लाको तिला गाउँपालिका-४ स्थित पार्किङ गरेर राखेको सरकारी गाडीमा तोडफोड गरिएको छ । बुधबार आयोजना गरिएको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले चढेर लिएको तिला गाउँपालिकाको गाडीमा तोडफोड गरिएको हो । गाडी किन ? कसले ? कसरी तोडफोड गर्‍यो ? अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले पालिकाको गाडीमा तोडफोड भएको बताए । उनका अनुसार पालिकाले नयाँ गाडी खरिद गरेको थियो । गाडीको नम्बर पनि राखिएको छैन । गाडीको पछाडीको सिसा फुटेको छ । गाडी सुरक्षित रुपमा पार्किङ गरेर राखिएको र फर्किँदा एक्कासी पछाडीको सिसा फुटेको देखिएको उनको भनाइ छ । 

गाडी तोडफोड बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । डीएसपी रविनबाबु रेग्मीले पालिकाको स्कार्पियोलाई तोडफोड गरिएको खबर प्राप्त भएको बताए । उनले भने, ‘तोडफोडको बारेमा अनुसन्धान भइरहेको छ । गाडीमा ढुंगा प्रहार गरेर सिसा फटाएको देखिएको छ ।’   

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully