भेरी नदीमा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गयो, दिदीभाइ बेपत्ता

जेष्ठ २३, २०८२

महेश केसी

One dies while swimming in Bheri River, sisters missing

(रुकुम पश्चिम) — ठूली भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर एक जनाको ज्यान गएको छ भने एकैघरका दुईजना बेपत्ता भएका छन् ।

आठबिसकोट नगरपालिका-९ का स्थानीयले नदीमा मान्छे बगेको देखेपछि उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । तर उनको उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।  

जाजरकोट नलगाड नगरपालिका-८ बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवतीको ज्यान गएको हो ।स्थानीयले उद्धार गरी उनलाई आठविसकोट नगरपालिका अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए ।

'सोही ठाउँ घर भएका सुरेन्द्र कुसारीका वर्ष १२ की छोरी आशा र वर्ष १० का छोरा महेश बेपत्ता भएका छन्,' प्रहरी निरीक्षक पुनले भने । बेपत्ता भएकाको खोजी कार्य जारी अघि बढाइएको उनको भनाइ छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully