भेरी नदीमा बेपत्ता दुईको शव फेला, एक वेपत्ता

जेष्ठ २३, २०८२

रासस

Bodies of two missing found in Bheri River, one missing

काँक्रेविहार — जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । 

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् । 

बेपत्ताको खोजी जारी छ । शुक्रबार दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाइ हुन् । 

रासस

Link copied successfully