जंगलमा मृत भेटिए २३ वर्षीय युवक

जेष्ठ १६, २०८२

विप्लव महर्जन

A 23-year-old youth was found dead in the forest

सल्यान — सल्यानमा एक २३ वर्षीय युवक जंगलमा मृत अवस्थामा फेला परेका छन् । बन्गाड कुपिण्डे नगरपालिका-६ डुडाखोलाका २३ वर्षीय शंकर बीसी कुवाखोलानजिकै जंगलमा मृत अवस्थामा भेटिएका हुन् । 

बिहीबार बन्गाड कुपिण्डे नगरपालिका ११ ढोरपिपलमा मेला हेरेर फर्केका उनी घर नफर्केपछि खोज्दै जाँदा जंगलको बीचमा एक रुखमा पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले बताए ।  

घटना शंकास्पद देखिएपछि बीसीसँगै गएका तीन जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सल्लीबजार राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully