सल्यान — सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते ९ जना मध्ये एकजनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका-५ रिम घर भएकी ६२ वर्षीया भीमा बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको नेपालगन्जस्थित नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । उनका अनुसार रिमबाट तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भएर लामीडाँडामा दुर्घटना हुँदा ९ जना घाइते भएका थिए ।
घाइतेमध्ये वर्ष ६७ की मन्जिता बोहरा, ३८ का विजय बुढाथोकी, ४६ की सीता बुढा, १५ की सपना बुढाथोकी र वर्ष ५५ का गोरेलाल बोहराको नेपालगन्जमा उपचार जारी छ । अरु उपचारपछि घर फर्किइसकेका छन् ।
