यार्सा संकलकको लेक लागेर मृत्यु

जेष्ठ ७, २०८२

डीबी बुढा

Death of Yarsa collector due to lake

जुम्ला — यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको लेक लागेर मृत्यु भएको छ । गुठीचौर गाउँपालिका–१  मणिसाँघुका भीमबहादुर बोहराको बुधबार लेक लागेर मृत्यु भएको हो ।

डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका बेला उनलाई लेक लागेको हो । लेक लागेर बिरामी भएका भीमबहादुरलाई घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चोत्रा प्रहरी चौकी इन्चार्ज रोहित रसाइलीले जानकारी दिए ।

बोहरालाई बुधबार दिउँसो २ बजे लेक लागेको थियो । उपचारका लागि घर ल्याउने क्रममा उनको मृत्यु भएको हो ।

डोल्पा पाटन यार्सा संकलनका लागि जेठ ५ गते नै खुलेको थियो । यार्सा संकलनका लागि जुम्लाका अधिकांश युवा अहिले पाटनतिर लागेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully