हुम्लामा पहिरो : २ घरमा क्षति, १८ परिवारलाई सुरक्षित स्थानमा सारियो  

जेष्ठ ४, २०८२

कृष्णप्रसाद गौतम

Landslide in Humla: 2 houses damaged, 18 families shifted to safe place

सुर्खेत — हुम्लाको नाम्खा गाउॅपालिका–६ तिलगाउॅमा पहिरो गएपछि २ घरमा क्षति भएको छ भने १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

बिहीबार राति ११ बजेतिर लेदोसहितको पहिरो आएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण सुरक्षाकर्मीको टोली पुग्न समस्या भएपछि ढिलो गरी घटना सार्वजनिक भएको हो । 

‘गाउॅमाथि एउटा ताल रहेको गुगल म्यापमा देखियो, त्यही ताल फुटेर गाउॅमा क्षति पुगेको  आशंका छ, त्यसको पुष्ट्याइएको लागि ५ जना स्थानीयलाई पठाएका छौं, तर टोली अझैसम्म नपुगेकाले केही भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘क्षतिको विवरण पनि अझै आएको छैन ।’ उनका अनुसार समुद्र सतहदेखि झण्डै ५ हजार ४ सय मिटरको उचाइमा उक्त ताल छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी प्रमुखसहित सुरक्षाकर्मीको टोली पुगेको छ । 

Landslide in Humla: 2 houses damaged, 18 families shifted to safe place

प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार १८ घर उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारिएको छ । तिलगाउॅमा ५० घरधुरीमध्ये १८ घरधुरी बसोबास गर्दै आएका छन् । पहिरोले तिल्चुङ खोलाका ५ वटा काठे पुल बगाएको नाम्खा—६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार सुरक्षाकर्मीको टोली गाउॅमा पुगेकाले क्षतिको विवरण संकलन भइरहेको छ । 

Landslide in Humla: 2 houses damaged, 18 families shifted to safe place

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully