विवादित केसी पुन: डोल्पा प्रहरीको नेतृत्वमा

वैशाख ३१, २०८२

रामचन्द्र न्यौपाने

Controversial KC re-led by Dolpa Police

डोल्पा — जिल्ला प्रहरी कार्यालय डोल्पाको नेतृत्वमा पुन : प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर केसीलाई नै खटाइएको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालले डीएसपी केसीलाई नै पुन: डोल्पा प्रहरीको नेतृत्वमा खटाएको हो । मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्रकुमार रसाइलीसँग हात हालेको विवादमा हाजिर भएको नौ दिनमै उनी हेडक्वाटर तानिएका थिए ।

यस विषयमा छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको डीएसपी नारायण डाँगीको टोली छानबिन गरेरसमेत फर्किसकेको छ । डीएसपी केसीमाथि सई रसाइलीमाथि रिसाउँदै अश्लिल शब्द प्रयोग गरी हात र लात्तीले कुटपिट गरेको आरोप लागेको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully