वीरेन्द्रनगर — कर्णालीमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आइतबार केन्द्रको उद्घाटन गरे ।
बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी दिए । खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ भने सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहने उनले बताए ।
बालबालिकाको संरक्षण र सम्वर्द्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
