नदीमा बेपत्ता किशोर अझै भेटिएनन्

सुर्खेतबाट आएका गोताखोर घटनास्थल पुगे 

वैशाख २७, २०८२

तुलाराम पाण्डे

The missing teenager in the river has not yet been found

कालिकोट — कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । 

पचालझरना–४ जारकोट स्थित कर्णाली नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा नरहरिनाथ १ का १६  वर्षीय विराज बिष्ट  बेपत्ता भएका थिए ।    

प्रहरी र स्थानीयले शुक्रबार दिउँसोदेखि खोजी गर्दा नभेटिएपछि शनिबार सुर्खेतबाट आएको गोताखोर परिचालन गरिएको प्रजिअ नारायण प्रसाद भट्टराईले बताए । 

‘हिजोदेखि खोजी गर्दा भेटिएन,’ उनले भने, ‘सुर्खेतबाट गोताखोर झिकाएर घटनास्थल पुगेर खोजी सुरु गरिसकेको छ ।’ आफन्त भेटघाट गर्न गएका बिष्ट दिउँसो गर्मी भएर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । किशोरको खोजीमा स्थानीय, जपपद र संशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully