कर्णालीमा किशोर बेपत्ता 

वैशाख २६, २०८२

तुलाराम पाण्डे

Teenager missing in Karnali

कालीकोट — कर्णाली नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । पचालझरना-४ जारकोटस्थित कर्णाली नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा नरहरिनाथ-१ कोटवाडाका १६ वर्षीय विराज विष्ट नदीमा बेपत्ता भएका हुन् । 

आफन्त भेटघाट गर्न गएका विष्ट दिउँसो गर्मी भएर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । उनकाअनुसार बेपत्ताको खोजी भइरहेको छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully