जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकामा सोमबार हुने भनिएको सांस्कृतिक महोत्सव स्थगित भएको छ । नेपाल चलचित्र बोर्डदेखि आउने अतिथिहरु नआउने भएकोले यो पटक पनि तातोपानी महोत्सव स्थगित भएको हो ।
महोत्सवमा काठमाडौंबाट कलाकारहरु प्रदीप खड्का र दीपाश्री निरौंलालगायत आउने कार्यक्रम तय भएको थियो ।
‘प्राविधिक कारणले उहाँहरु आउन नसक्ने देखियो,' तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने, ‘अर्को सूचना नहुन्जेल सम्मको लागि महोत्सव रोक्नुपर्ने भयो ।’
यो महोत्सव पहिलोपटक गत फागुन ७ गते गर्ने भनिएको थियो । वैशाख १५ गते दोस्रो मिति पनि तोकिएको थियो र फेरि सोमबारका लागि तयारी गरिएको थियो ।
