कर्णालीको बजेट अधिवेशन वैशाख २८ बाट

वैशाख २१, २०८२

तृप्ति शाही

Budget Session of Karnali from May 28

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुने भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक २८ वैशाखमा आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । 

प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । साथै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully