वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिका– १२ मा युवतीको शव भेटिएको हो । डम्पिङ साइटको खोल्सामा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
युवतीको उमेर करिब २५ वर्षको देखिने कार्यालय प्रमुख प्रहरी निरीक्षक पदमबहादुर खत्रीले बताए । आइतबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
