डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पालिकाको उत्कृष्ट प्रतीक चिह्न बनाउनेलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाको कार्यलपालिका बैठकको निर्णयअनुसार प्रतीक चिन्ह्र (लोगो) बनाएर पेस गर्न सूचना जारी गरिएको छ ।
उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार नगद र प्रशंसापत्र सहित सम्मान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरालाले बताए । नगरपालिकाको धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहाासिक पक्षलाई समेटेर लोगो बनाई व्याख्यासमेत गर्नुपर्ने सर्त राखिएको उनको भनाइ छ ।
तयार पारिएको लोगो जेठ ३ गतेभित्र प्रत्यक्ष वा इमेलमा पठाउन सकिने नगरपालिकाले जनाएको छ ।
