बजार हिँडेकी युवती मृत भेटिइन्

वैशाख २१, २०८२

तृप्ति शाही

A girl walking to the market was found dead

वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । मृतक गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली रहेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले  जानकारी दिए ।

उनका अनुसार घटनास्थल पुगेका आफन्तले उनको शव पहिचान गरेका हुन् । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटर दुरीमा ओलीको शव भेटिएको हो । पानीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।

शनिबार बिहान उनी घरबाट छिन्चु बजार जान्छु भनी हिँडेकी थिइन् । घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत पुगेको छ । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully