डोल्पा — डोल्पामा आइतबार बिहान ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
जिल्लाको कान्जिरोवा हिमाललाई केन्द्रबिन्दु बनाएर आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटरमा उचाइमा रहेको छ ।
