वीरेन्द्रनगर — सुर्खेतमा मिनी बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका- १ को रेडियो नेपालचोकमा कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मिनी बसले ठक्कर दिँदा ५० वर्षका कालिबहादुर बुढाको मृत्यु भएको हो ।
जुम्लाको हिमा गाउँपालिका घर भएका बुढालाई धारापानीबाट बरपार्कतर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्र रेग्मीले सख्त धाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको बताए ।
