मन्दिरको गेट बनाउँदा च्यापिएर एकको मृत्यु

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

One died after being crushed while building the gate of the temple

त्रिवेणी (रुकुम–पश्चिम) — रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो ।

आज दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully