सल्यान — सल्यानमा शुक्रबार बेलुकी ५.३० बजेतिर जिप दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएका छन् । शारदा नगरपालिका-१ श्रीनगरबाट हिवल्चा जाँदै गरेको लु.प्र.०२–००१ ज ००११ नम्बरको जिप सिउनेटानजिकै दुर्घटनामा पर्दा चालकसहित १६ जना घाइते भएका हुन् ।
घाइते सबैको उद्धार गरी श्रीनगर ल्याएर कान्तिपुर सामुदायिक अस्पताल र शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएका केहीको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ । जिप उकालोमा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको उनको भनाइ छ ।
