सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते

वैशाख २, २०८२

विप्लव महर्जन

4 injured in tractor accident in Salyan

सल्यान — सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–८ बाबियाचौरस्थित कुपिण्डेतालबाट परिगाउँतर्फ जाँदै गरेको रा १ त २८२१ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइते हुनेमा ट्याक्टर चालक बन्गाड कुपिण्डे नगरपालिका–८ का २८ वर्षीय वीरबहादुर कुँवर, २० वर्षीय उरन बीसी, २७ वर्षीइ ललित कुँवर र १३ वर्षीय हेमराज कुँवर रहेका छन् । 

दुर्घटनामा परी  ट्याक्टर चालक वीरबहादुर कुँवर र ललित कुँवरको अवस्था गम्भीर रहेको र सबैलाई तत्काल उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचार पस्चात नेपालगन्ज लगिएको र सबैको अहिले नर्सिङहोममा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार ट्याक्टर सडकदेखि ५० मिटर तल खसेको थियो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको उनको भनाइ छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully