सल्यानमा चटयाङ लागेर एक जनाको मृत्यु, तीन घाइते 

चैत्र ३१, २०८१

विप्लव महर्जन

One person died, three injured due to lightning in Salyan

सल्यान — सल्यानमा चटयाङ लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

आइतबार दिउँसो ४.३० बजेतिर जिल्लाको कालिमाटी गाउँपालिका-६ ढोरेनीनजिकै वर्ष ६९ का चन्द्रबहादुर घर्तीको घरमा चटयाङ पर्दा वर्ष १३ की करिष्मा घर्तीको मृत्यु भएको हो । घाइते बालिकाको उपचारका लागि मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार चटयाङका कारण वर्ष ७९ का चन्द्रबहादुर घर्ती, वर्ष ४५ का विष्णु खडका र वर्ष २० का डम्मरबहादुर खडका  घाइते भएका छन् । घाइते सबैको मेहलकुना अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully