कालिकोट — नेकपा एकीकृत समाजवादी को १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन: चित्रसिंह गाउँले सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको अधिवेशनको शुक्रबार सम्पन्न बन्द सत्रबाट गाउँले अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
६७ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चन्द्रबहादुर शाही, सचिवमा कृष्णकला पाण्डे, उपसचिवमा मनसिंह धामी, धीरबहादुर शाही र रत्न मल्ललाई निर्वाचित भएका छन् । पार्टी उपाध्यक्ष प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटी इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश कमिटी अध्यक्ष ठगेन्द्रप्रकाश पुरीसहितका नेताले सहजीकरण गरेर निर्विरोध नेतृत्व चयन भएको केन्द्रीय सदस्य विश्वराज बमले बताए ।
त्यस्तै, पार्टीको प्रदेश (ख) को अध्यक्षमा राजेन्द्र बिष्ट, उपाध्यक्षमा महेन्द्र शाही, सचिवमा नवराज महतारा, उपसचिवमा कृष्ण न्यौपाने र भानु सुवेदी चयन भएका छन् ।
