तीन महिने शिशु घरबाटै गायब

चैत्र २९, २०८१

ज्योति कटुवाल

A three-month-old baby disappeared from home

सुर्खेत — दैलेखको ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता भएको छ। ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी तीन महिनाकी छोरी श्रीया बुढा घरमा सुतिरहेको अवस्थामा बेपत्ता भएको परिवारको भनाइ छ ।

‎बमबहादुरका दाजु दीपक बुढाले घर पछाडी लागेको आगो निभाउन गएको बेला छोरी कसले उठाएको बताए । उनले भने, ‘कुनै समुहले आगो लगाएर निभाउन गएको मौकामा बच्चा उठाएर भागेको शंका छ ।’ ‎

घटनालगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलासी गर्दा कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully