पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो 

चैत्र २८, २०८१

तुलाराम पाण्डे

The Karnali Corridor, which was blocked by landslides, was opened in one direction

कालीकोट — गए रातिको वर्षासँगै गएको पहिरोले अवरुद्ध कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालु-लैफु सडकखण्ड एकतर्फी रूपमा खुलेको छ ।

पहिरोले अवरुद्ध सान्नी त्रिवेणी-३सिस्ने गडामा व्यवसायी र प्रहरी मिलेर पहिरो पन्छाएपछि सडक खुलेको हो भने रास्कोट-८ मा पर्ने भात्तडी र पचालझरना-८ जारकोट गएको पहिरो सडक विभागको एक्स्काभेटरले पहिरो हटाएर बिहीबार दिउँसो ३ बजेदेखि भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए। करिडोरको ३ ठाउँमा पहिरो गएर यातायात अवरुद्ध भएको थियो  । 

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully