पहिरोले कर्णाली करिडोर अवरुद्ध

चैत्र २८, २०८१

तुलाराम पाण्डे

Landslide blocked Karnali Corridor

कालिकोट — बुधबार रातिको वर्षाका कारण पहिरो खसेपछि कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालु-लैफु सडक खण्ड अवरुद्ध भएको छ ।

बुधबार बेलुकीदेखिको वर्षाले करिडोरमा पर्ने सान्नीत्रिवेणी–३ सिस्नेगडा, रास्कोट–८ मा पर्ने भात्तडी र पचालझरना–८ जारकोट पहिरो गएर करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । 'करिडोरको ३ ठाउँमा पहिरो छ,' उनले भने, 'पहिरो पन्छाउन डोजरको खोजी हुँदैछ ।' उनले डोजर आएपछि सडक खुल्ने जानकारी दिए ।

करिडोरमा पहिरो गएपछि यात्रु बाहक तथा मालबाहक गाडी बाटोमा रोकिएका छन् ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully