शैक्षिक क्षेत्रको असल अभ्यास सिको गर्न सम्झौता

चैत्र २८, २०८१

रामचन्द्र न्यौपाने

Agreement to learn good practice in the educational sector

डोल्पा — डोल्पाका दुईवटा स्थानीय तह र काडमाडौंको बुढानिलकण्ठ नगरपालिकाबीच शैक्षिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

बुधबार त्रिपुरासुन्दरी नगरपालिकामा एक कार्यक्रमकाबीच  त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको शैक्षिक क्षेत्रको सुधार तथा विकासका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका तर्फबाट प्रमुख जनचन्द्र रोकाय, शे–फोक्सुण्डो गाउँपालिकाको तर्फबाट अध्यक्ष धावासम्दुक गुरुङ्ग र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्लाका दुबै स्थानीय तहको शैक्षिक क्षेत्रको विकास तथा एक अर्का पालिकामा भएका असल अभ्यासलाई सिको गर्ने गरी प्रमुखहरुबीच समझदारी भएको त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख निर्मोद केसीले जानकारी दिए ।

यस प्रकारको समझदारीले दुर्गमका पालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सघाउ पुग्ने उनको भनाइ छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully